११ किलोभन्दा बढी गाँजासहित सुनसरीबाट एक जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । सुनसरीको कोशी गाउँपालिका-४, कोशी कटानबाट प्रहरीले ११ किलो १२० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी कटानमा रहेको अस्थायी प्रहरी चौकी शिवचोकबाट खटिएको टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई पक्राउ गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका राईलाई शंका लागेर प्रहरीले रोकी उनले बोकेको झोला खानतलासी गर्दा ११ किलो १२० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ परेका राईलाई गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर