काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । यो डेढ वर्ष अवधिमा पाएको तेस्रो विश्वासको मत हो ।
सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान परेको थिय । कट्टेललाई आफ्नो दल माओवादी केन्द्रबाट २१, नेकपा एमाले २७, नेकपा एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीबाट १ जना सांसदले विश्वासको मत दिएका हुन ।
विपक्षमा भने नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले मतदान गरेको छ । राप्रपा भने तटस्थ रहेको छ । आजको प्रदेश सभामा १०८ जना सदस्य सहभागी मध्य विश्वासको मतको विपक्षमा ३७ मत परेको थियो । १५ सांसद तटस्थ बसेका थिए ।
मुख्यमन्त्री जम्कट्टेलको तेस्रो पटक विश्वासको मत लिएका हुन् । पहिलो ३ माघ २०७९ मा, दोस्रो पटक १० चैत २०७९ मा विश्वासको मत लिएका थिए ।