काठमाडौं । ताइवानमा बुधबार बिहान शक्तीशाली भुकम्प गएको छ । ताइवानको हुआलियन शहरबाट झन्डै १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.२ रेक्टर स्केलको भुकम्प गएको ताइवानको केन्द्रिय मौसम विज्ञान महाशाखाले जनाएको छ ।
भुकम्पबाट हालसम्म ४ जनाको ज्यान गएको छ भने दर्जनौ मानिस घाइते भएका छन् । भुकम्पपछि छिमेकी मुलुक जापान, फिलिपिन्स र चीनमा सुनामीको चेतावनी दिइएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भुकम्पबाट ठुला भवनहरु ढलेका छन् भने देशका विभिन्न स्थानमा पहिरोले राजमार्ग अवरुद्ध बनेका छन् । भुकम्पपछि ताइवानमा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । जापानको भौगर्भिक सर्वेक्षणका अनुसार उक्त भुकम्प ७।७ म्याग्निच्युटको हो ।
ताइवानमा २५ वर्षपछि शक्तिशाली भुकम्प गएको हो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भुकम्प मापन गरिएको थियो ।