१७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

दियो पोस्ट डेस्क  

रसुवा । रसुवामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनाबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका–१ घर भएका २० वर्षीय लाक्पा घले रहेका छन् ।

घलले ती किशोरीलाई कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।