मदिरा पिएर लफडा गरेको अभियोगमा गायक राजेश पायल राइसहित ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । राजधानीको अनामनगर क्षेत्रमा मदिरा पिएर लफडा गरेको अभियोगमा गायक राजेश पायल राईसहित ८ जना पक्राउ परेका छन् । उनीहरुले अनामनगर क्षेत्रमा मदिरा पिएर मध्यरातमा होहल्ला गरेपछि स्थानियबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि राईसहितको समुहले प्रहरीसँग समेत लफडा गरेपछि पक्राउ गरि हिरासतमा राखिएको हो । पक्राउ परेका मध्य ३ जना कलाकार रहेको बुझीएको छ । उनीहरुलाई वानेश्वर बृत्तको हिरासतमा राखिएको छ ।