लुम्बिनी प्रदेश सरकार गठनमा महराको दाबी

दियो पोस्ट डेस्क  

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर सहित मागदावी रहेको छ । बिहीबार देउखुरीमा सत्तासाझेदार दलहरूबीच बसेको बैठकले मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेशको निर्णय गरेको थियो ।

देउखुरीको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्री नियुक्तिको लागि महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ सांसदको समर्थन पेश गरेका छन् । केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख शेरचनले आज शुक्रबार मात्र तीन दिनको समय दिएर संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।

लुम्बिनीप्रदेशमा एमालेको २९, कांग्रेसको २७, माओवादीको १०, नागरिक उन्मुत्ति ४ सांसद रहेका छन् भने राप्रपा, जसपा र लोसपाका ३÷३ सांसद छन् । त्यसैगरि राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १÷१ र स्वतन्त्रबाट १ सांसद छन् । लुम्बिनी प्रदेश प्रमुखका हुनकालागि कम्पतीमा पनि ४४ सांसदको समर्थन चाहिन्छ ।

सिफारिस