काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीको पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउने सम्बन्धी मापदण्ड २०८० लागू गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका निकायको कामलाई चुस्त र व्यवस्थित गर्न कर्मचारीको नेतृत्व, सक्षमता, कार्य अनुभव, रूचि, दक्षताको आधारमा पारदर्शी एवम् अनुमानयोग्य रूपमा पदस्थापन, सरुवा तथा काज खटाएर सर्वसाधारणको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै मापदण्ड जारी गरिएको छ ।
मापदण्डले प्रचलित निजामती सेवा सम्बन्धी कानुनमा उल्लेखित पदस्थापन, सरुवा तथा काज सम्बन्धी प्रावधान बमोजिम संघीय निजामती कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रको अनुभव समेत दिलाउनका लागि निजामती सेवासम्बन्धी कानुनमा निर्धारित क, ख, ग र घ वर्गका जिल्लाहरूमा पूरा गरेको सेवा अवधिलाई आधार मान्ने गरी सरुवाको मापदण्ड तयार पारिएको हो ।
मापदण्डको पूणपाठ :