इलाम(२) मा रास्वपाबाट मिलन लिम्बूले दिए उम्मेदवारी !

रीता बुढाथोकी  

२४ चैत्र, इलाम। आउँदो वैशाख १५ मा इलाममा हुने उपनिर्वाचनका लागि मिलन योङहाङ लिम्बूले उम्मेदवारी दिएका छन् । लिम्बुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट शनिबार उम्मेद्वारी दिएका हुन् ।

लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह-महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी, तथा बिपिन आचार्यको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका थिए ।

इलाम बजारमा रहेको उम्मेदवार सम्पर्क कार्यालयबाट मन्त्री अर्याल लगायत केन्द्रीय पदाधिकारी र समर्थकहरूले आफ्नो पार्टीको चुनाव चिन्ह घण्टी बजाउँदै मनोनयन दर्ता गराउन गएका हुन्। लामो समयदेखि पत्रकारिता मार्फत नागरिकको मुद्दालाई जोडदार रूपमा उठाउँदै आएका लिम्बूको उम्मेदवारीलाई इलामका नागरिकहरूले आमनागरिकको उम्मेदवारीको रूपमा लिएर समर्थन गर्दै आएका छन्। इलाममा मात्र नभई देशभरीबाट नै मिलन लिम्बूका लागि उल्लेख्य समर्थन आएको प्रष्ट छ।

रास्वपाका तर्फबाट मिलन लिम्बूका लागि प्रस्तावकको भूमिकामा सन्तोष श्रेष्ठ ९जिल्ला सह(संयोजक) तथा समर्थकको भूमिकामा तेज कुमार श्रेष्ठ रहेका थिए। मनोनयन दर्ता गराए लगत्तै रास्वपा, इलामले उम्मेदवार सम्पर्क कार्यालयमा कोण सभा पनि गरेको थियो। सो कार्यक्रममा वक्ताहरू मन्त्री डिपी अर्याल, सांसद निशा डाँगी तथा रास्वपाका महामन्त्रीहरू कविन्द्र बुर्लाकोटी तथा बिपिन आचार्य रहेका थिए।

सिफारिस