काठमाडौं । राप्रपा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले आज सुरक्षाकर्मी हरुको हकहित र पहिचानको लागी दबाबपुर्ण प्रदर्शन गरेको छ ।
भृकुटीमण्डपबाट सुरू भएको मार्चपासमा भूपू सैनिकहरू दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिका छन् । भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक परिक्रमा गरेको थियो ।
प्रदर्शनकारीले १६ वर्षे पेन्सन सुनिश्चित गर्नुपर्ने, राष्ट्रियता, सार्वभौमिकताको रक्षा गरिनुपर्ने, हिन्दू राष्ट्र, राजसंस्था पुनस्स्थापनालगायतका प्लेकार्ड बोकेका थिए ।
