गृहमन्त्री लामिछानेलाई ज्ञानेन्द्र शाहीको आदेश : सफाई पाएका ‘कोइरीलाई भोली बिहानसम्म पक्रनुस्’ !

दियो पोस्ट  

काठमाडौं । ज्ञानेन्द्र शाही र रबि लामिछाने दुवै एउटै धारमा थिए । शाहि अभियान्ता हुँदा लामिछाने टेलिभिजन कार्यक्रम चलाउँथे । लामिछानेले शाहीको पक्षमा टेलिभिजन रिपोर्ट नै बनाएका थिए । अहिले दुवैको परिचय फेरिएको छ । शाही राप्रपाको प्रवक्ता भएका छन् । जुम्लाबाट निर्वाचित सांसद छन् । यता लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति छन् । मुलुकको शक्तिशाली गृहमन्त्री छन् । जनताले लामो संघर्षपछि प्राप्त गरेको गणतन्त्र खारेजको माग गर्दै शाही राप्रपाको झण्डामा सडकमा आएका छन् । यता लामिछाने त्यही गणतान्त्रीक नेपालको गृहमन्त्री पदमा बसेर शाही लगायत सडकमा अराजकता मच्चाउने विरुद्ध कारबाही गर्न आदेश दिइरहेका छन् ।

मंगलबार राजधानीमा राप्रपाले प्रदर्शन गर्यो । उनीहरुको प्रदर्शनका क्रममा राजधानी अस्तव्यस्त भयो । प्रदर्शनमा उत्रिएका राप्रपाका कार्यकर्तामाथि प्रहरीले दमन गर्यो । प्रहरी दमनकै क्रममा शाही पनि नियन्त्रणमा परे ।

‘गृहमन्त्रीज्यू आज मलाई तपाईले डीएसपी लगाएर कुटाउनु भयो । चितवनमा प्रचण्डले तपाईंलाई जेल हाल्दा छाति थाप्ने मान्छे मै हुँ याद गर्नुहोस् । आज मैले इतिहासको कालोदिनका रुपमा हेरको छु । छातीमा हातराखेर आईएम मिस्टर कोईरी भन्नु भयो तपाई लुरुक्क मुन्टो निहुर्याए हस भन्नु भो,’ उनले भने,‘तपाईनै हो ? आज कोइरीलाई पक्राउ गर्नु भनेर संसदीय समितिमा बोल्नु भएको अहिलेत तपाई गृहमन्त्री हुनुहुन्छ भन्नुस कोइरीलाई भोलि विहानसम्म पक्राउ गर्नुहुन्छ । किनकी कोइरीले नेपाल सशसत्र प्रहरीका दलितका छोरा थमन विकलाई तरवारले होइन, खुकुरीलेपनि होईन, बन्दुकले, पेस्तोले होइन बियरका बोतलले घाटी काटेर मारेका छन् । उनलाई पक्राउ गर्नुस् तपाईलाई हामी साथ दिने छौँ ।’
शाहीले फेरी थप्दै भनेका छन्,‘सहकारीका पीडितहरु आज रोइरहेका छन् गृहमन्त्रीज्यु कहिले न्याय दिनुहुन्छ । गृहमन्त्रीज्यूलाई थाहा छैन हामी एउटै रोस्टममा उभिएर ड्याप ड्याप हानेका थियौ बालकुमारीका दोषिलाई कारवाही गर्नु भनेर आज बालकुकारी घटनाका मुख्य दोषि परराष्ट्रमन्त्री बनेका छन् । बालकुमारीका दोषिलाई कहिले पक्राउ गर्नुहुन्छ ?’
तर, उनले यतिसम्मपनि थाहा पाएका रहेनछन् की असई थमन विकको हत्या अभियोगमा फरार रहेका सांसद कोइरीले सफाई पाएर संसद फर्किसकेका छन् ।
शाहीले संसदमा भएको घटनालाई सम्झदै भनेका छन्,‘बालुवाटार काण्डका मुख्य दोषि माधव कुमार नेपाल र बाबुराम भट्टराई भन्नु भएको थियो । अहिले तपाइको हातमा छ ताला चाबी, एक हस्ताक्षर गरे पुग्छ पहरीलाई आदेश कहिले दिनु हुन्छ ।’

त्यस्तै उनले गृहमन्त्रीले महरामाथि गरेको कारबाहीको पनि मजाक उडाएका छन् । ‘गृहमन्त्रीज्यु महरालाई उपचार गर्न समातेको हो । भोलिपल्टै छाड्नु भयो त । हामी सचेत नागरिक हौ, आँखा नदेख्ने होइनौ गृहमन्त्रीज्यू ठूला माछालाई समाउनुुस्,’ उनले भने, ‘प्रहरीका डीएसपीलाई सरुवा गर्न तपाई चाहीदैन त । सचिवज्यूहरुले सरुवा गर्छन । तपाईलाई हामी समय दिन्छौं तर अरुले जस्तो ७२ घण्टा होइन, ७२ दिन दिन्छौं भ्रष्टचारीलाई खोरमा हाल्नुस् नत्र देशभरी आन्दोलन गर्ने छौं ।’