
Darted rhino. The translocation of ten Greater one-horned rhinoceros (Rhinoceros unicornis) from Royal Chitwan National Park to Royal Bardia National Park is a joint initiative of the Department of National Parks and Wildlife Conservation, King Mahendra Trust for Nature Conservation and WWF Nepal Program. . By establishing a new, viable population of rhinos in Bardia, human-rhino interactions are not only reduced in Chitwan but so is the threat of extinction should a natural or other disaster hit Chitwan. 2003. Terai Arc, Nepal
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् ।
मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका थिए । आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मनहरी खोलाको नदी उकास जमिनमा धानखेतमा पानी लगाउन गएका बोटेलाई गैँडाले आक्रमण गरेको थियो । स्थानीयले लगत्तै प्रहरीलाई खबर गरेका थिए । मनहरीको प्रहरी टोलीले घाइते बोटेको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएको थियो ।