नेपाली कांग्रेसको सम्पर्क समितिद्वारा शुभकामना आदानप्रदान : पाटी सुधारको रणनीति तय गर्न केन्द्रीय पदाधीकारीलाई सुझाव

ओखलढुंगा

- युवराज पहाडी  

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगा काठमाडौ उपत्यका सम्पर्क समितिले नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो । सम्पर्क समितिका सभापति खिलानाथ लुइँटेलको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा पूर्व उपसभापति प्रकाशमान सिंहको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिका साथ काङग्रेसका पुर्व उपसभापति प्रकाशमान सिहले पार्टी जोगाउन काग्रेसका हरेक सदस्यको जिम्मेवारी रहेको बताएका थिए । उनले पार्टी हितका लागी विकास र समृद्धिमा जोडिन आग्रह समेत गरे । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीको आन्तरिक शक्ति बलियो बनाउने अभियानमा लाग्नुपर्ने समेत बताए । उनले भने जनताले खोजेको समृद्धिका लागि भौतिक पुर्बाधार, शैक्षिक सुधार, स्वास्थ्यमा पहुच पुर्याउने गरि काम गर्ने प्रण गर्नुका साथै रबि लामिछाने विरुद्ध पार्टी लागेको छैन पार्टी सहकारी पिडितको न्यायको लागि लडेको उनले प्रष्ट पारेका थिए ।

पाटीका जिल्ला सभापति तेजेन्द्र खनालले ओखलढुंगाको इतिहास जोगाउने गरि कामगर्न सम्पुर्ण नेता कार्यकर्तालाई आग्रह गरे । आफ्ना गुनासा जिल्ला कार्यसमितिमा टेबुल गर्न छाडेर चिया पसल र सामाजिक सञ्जालमा रमाउने पाटी नेतृत्व प्रती खनालको ठुलै गुनासो थियो । महासमितिमा सहमति गर्ने अनि बाहिर बदनाम गर्ने नेता सुध्रिनु पर्ने पनि बताए । पार्टी बनाउने प्रण आजबाटै हुनुपर्ने बताउदै लेबी नतिर्ने विरुद्ध १५औं अधिबेशनमा उम्मेदवार हुन रोक्ने गरि पार्टीले आन्तरिक नीति बनाउने चेतावनी समते दिएका थिए ।

कांग्रेस नेता बालकृष्ण दाहालले बिकासको मुल नफुटाएसम्म कांग्रेसको गढ जोगाउन गा¥हो हुने बताउदै निराशाको बादल हटाउन पर्ने प्रष्ट पारे । जिल्ला पूर्व सभापति गोमा केसीले कांग्रेसको नेतृत्वमा गोलबद्व भएको कांग्रेस ऐतिहासीक मासको विरासत जोगाउन नसक्ने नेताले पार्टी चलाउन नसक्ने बताईन । जिल्लाभर चर्चामा रहेको पैरे खोलाको पुलमा राजनीति नगर्न चेतावनी दिदै केही हप्तामा टेन्डर हुने पुलमा सहजीकरण गर्न प्रदेशमा प्रतिनिधित्व गर्ने कोशी प्रदेशका स्वास्थ्य मन्त्रीलाई चेतावनी समेत दिइएकी थिईन । नेता कुमार लुइँटेलले आन्तरिक चुनौती, बाह्य चुनौती र ब्यबस्ता जोगाउने चुनौती हामी माझ आएको बताए । चुनौतीको उत्तर खोज्न कांग्रेस तयार छ त ? भन्ने प्रतिप्रश्न समेत उनले गरे । आगामी अधिबेशनबाट चुनौतीको सामना गर्न सक्ने नेतृत्वमा आउनु पर्ने बताएका थिए ।

नयाँ बर्ष सगै नयाँ सोचको बिकास भए मात्र जिल्लाले थप समृद्धि हासिल गर्न सक्ने धारणा बोल्ने अधिकांस बक्ताले ब्यक्त गरेका थिए । शुभकामना आदानप्रदानको क्रममा सम्पर्क समितिले प्रकाशन गरेको भित्ते पात्रोको समेत बिमोचन गरिएको समितिका उपसभापति नरेन्द्र धमलाले जानकारी दिए ।

जिल्ला खेलाडीलाई सम्मान ।
यसैविच सम्पर्क समितिले खेलकुदमा योगदान पुर्याएका जिल्लाका खेलाडीहरुलाई सम्मान गरेको छ । खेलकुदले देशको शिर उच्च बनाउन भुमिका खेलेको, ओखलढुंगाको गौरव बढाउने काम गरेको भन्दै मुवाँथाईका विश्व च्याम्पियन गुणराज बिश्वकर्मा, भलिबलको राष्ट्रिय खेलाडी सुनिता खड्कालाई सम्मान गरेको थियो । सम्मानित हुने खेलाडीलाई पार्टी केन्द्रिय उपसभापति प्रकाशमान सिह, रामहरि खतिवडा, पार्टी सभापति तेजेन्द्र खनाल लगाएतले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मानित हुने खेलाडीद्वय बिश्वकर्मा र खड्का सुनकोशी गाउँपालि स्थानीय हुन । उनिहरु दुबै नेपाली सेनामा कार्यरत छ्न ।