युक्रेन युद्धमा ५० हजार बढि रुसी सेना मारिएको पुष्टि

दियो पोस्ट  

रुस–युक्रेन युद्धमा ५० हजारभन्दा बढि रुसी सेना मारिएको बीबीसी न्युजले पुष्टि गरेको छ । युद्धको दोस्रो वर्ष रुपले ‘मिट ग्राइन्डर’ नाम दिएको फौजबाट उक्त संख्यामा रुसी सेना मारिएको बीबीसीले हालै पुष्टि गरेको हो ।

बुधबार प्रकाशित बीबीसीका अनुसार मिट ग्राइन्डर फौजबाट मृत्यु हुने सैनिकको यो संख्या पहिलो वर्षभन्दा २५ प्रतिशतले बढि हो । आफ्ना सेनालाई युद्धको अग्रपंक्तिमा होम्ने रुसी रणनीतिका कारण ठुलो संख्यामा आफ्ना सैनिक गुमाउनु परेकोसमेत बीबीसीले उल्लेख गरेको छ ।
रुसको स्वतन्त्र मिडिया समुह मिडियाजोना, बीबीसी रसियन लगायतले सन् २०२२ फेब्रुअरीदेखि नै मृतक सैनिकहरुको संख्या गन्दै आएका छन् । बीबीसीको टोलीले आधिकारिक प्रतिवेदन, अखबार तथा सामाजिक सञ्जालमा खुला रुपमा उपलब्ध सुचना संकलन र नयाँ चिहानहरुमा राखिएका विवरणबाट मृतक सैनिकको संख्या केलाएको थियो । युद्धको दोस्रो वर्ष मात्र २७ हजार ३ सय रुसी सैनिक लडाइमा मारिएको देखिएको छ । विभिन्न तथ्यांकका आधारमा रुस र युक्रेन सुरु भएयता हालसम्म ५० हजार बढि सैनिक मारिएको पुष्टि हुने बीबीसीको दाबी छ ।
हाल सम्म मारिएका ५० हजार बढि मृतक सैनिकको संख्या रुसले सन् २०२२ सेप्टेम्बरमा आधारिक रुपमा आफ्ना सैनिक मारिएको सुचना जारी गरेको संख्याभन्दा ८ गुणा बढि हो । युद्धमा मारिने रुसीहरुको वास्तविक संख्या भने योभन्दा बढि हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि, बीबीसीको यस तथ्यांकबारे रुसले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

युक्रेनले युद्ध मैदानमा मारिएकाहरुबारे विरलै जानकारी दिने गर्छ । फ्रेबु्रअरीमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले ३१ ह्जार युक्रेनी सैनिक मारिएको बताएका थिए । तर अमेरिकी गुप्तचरकाअनुसार उक्त संख्या अझै बढि रहेको छ ।

‘मिट ग्राइन्डर’ रणनीति केहो ?
युक्रेनी फौजलाई लत्याउन र तिनको स्थिती पत्ता लगाएर गोलाबारीको निशाना बनाउन रुसले नियमित आफ्ना सैनिकलाई लहरै अग्रमोर्चामा होम्ने गरेको छ । रुसको यस नीतिलाई नै ‘मिट ग्राइन्डर’ नीति भनिन्छ ।

मिट ग्राइन्डर नीति अपनाएर रुसले चर्को मानविय मुल्य चुकाइरहेको बीबीसी र मिडियाजोनाले फेला पारेको मृतक सैनिकको पछिल्लो तथ्यांकले देखाउछ । चुनौतिपुर्ण भुभाग, कमजोर सैन्य शक्ति र युक्रेनी सेनालाई चकित पार्न असफल भएकै कारण रुसले ठुलो क्षती बेहोरिरहेको इन्स्टिच्युट फर दी स्टडी अफ वार (आइएसडब्ल्यु)ले जनाएको छ ।

बीबीसी र मिडियाजोनाको लागि काम गर्ने स्वयमसेवकहरुले रुस र युक्रेन युद्ध सुरु भएदेखि नै रुसभरका ७० वटा चिहानस्थलहरुमा गाडिएका नयाँ सैनिक चिहानको संख्या गणना गर्दै आएका छन् । भुउपग्रहबाट लिइएको तस्बिरहरुमा ति चिहानहरुको संख्या बढिरहेको देखिन्छ ।

रुसी सेनामा नेपाली
सैन्य सम्झौता नै नभएको रुसी सेनामा कैयौ नेपाली युवाहरु भर्ना भएका छन् । युक्रेनविरुद्धको लडाइका लागि विगत दुई वर्षयता करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको सीएनएन न्युजले उल्लेख गरेको थियो । यद्यपि, उक्त संख्याबारे नेपाल सरकारले भने हालसम्म आधिकारिक रुपमा पुष्टि गर्न सकेको छैन ।

रुस र युक्रेनविचको लडाइमा मारिने नेपालीहरुको संख्या कति पुग्यो भन्नेबारे पनि हालसम्म आधिकारिक तथ्यांक सार्बजनिक भएको छैन । रुसी सेनामा होमिएका आफन्तले सरकारसँग उद्धारको माग गर्दै आएका छन् ।

ठुलो संख्यामा सेनामा होमिएका नेपालीहरु कसरी त्यहाँ पुगे भन्नेबारे हालसम्म सरकारले पुष्टि गर्न सकेको छैन । यद्यपि, तस्करहरुले आफुहरुलाई रुस पुर्याएर सेनामा भर्ना गराएको युद्धग्रस्त क्षेत्रमा होमिएका नेपालीहरुदले बताउँदै आएका छन् ।

बीबीसीबाट दियोपोस्टकालागि अस्मिता खड्काले गरेको अनुवादीत अंश :