ललितपुर । ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु) सुकाइएको छ ।
साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको सो पोखरी सफा गर्न सुकाइएको हो। पोखरीमा रहेको फोहोर सफा गर्ने उद्धेश्यले वडा कार्यलयले पानी सुकाएको हो ।
यसअघि नै पोखरीमा रहेको माछा निकालेर पोखरी भित्र रहेको फोहोर लेदो सफा गर्ने काम भइरहेको स्थनाीय एव पोखरी संरक्षक मदन ताम्राकारले बताए । उनका अनुसार ७ वर्षपछि सफा गर्न लागिएको हो ।
यसअघि सन् २०१७ मा पोखरी सफा गरिएको थियो । वर्षालाग्नु अगाडी नै पोखरी सफा गरेर वर्षाको पानीले पोखरी पर्ने योजना रहेको उनले बताए। लाखेले एक रातमा यो पोखरी बनाएको किम्बदन्ती रहेको छ ।
