बेगम बेलिमय धोबीखोला कोरिडोर (फोटोफिचर)

दियो पोस्ट डेस्क  

काठमाडौं । धोबी खोला कोरिडोरको रातोपुल र कालोपुल बीचको खण्ड अहिले बेगम बेली फुल ढकमक्क फुलेका छन् ।

धोबी खोला किनारको यो खण्डमा विभिन्न रङ्गका बेगमबेली फुलेका छन् । रङ्गिचङ्गी फुलेका बेगमबेलीले प्रदुषित धोबी खोला किनार सुन्दर देखिएको हो ।

बसन्त ऋतुको यो समयमा बेगम बेली सङ्गै अन्य फुलहरुले खोला किनार सडक किनार हरु मनमोहक देखिन्छ । काठमाडौं महानगरले सुरु गरेको धोबी खोला सरसफाइ अभियानले पनि केहि खोला केहि हद सम्म सफा देखिएको छ ।