कतारका राजालाई राष्ट्रपति पौडेलले स्वागत गर्दै, आज देशभर सार्वजनिक बिदा

दियोपोस्ट संवाददाता  

कतारका राजा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आउँदैछन् ।

राष्ट्रपति रामचन्द पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका लागि अमिर शेख आज नेपालको भ्रमणमा आउन लागेका हुन् ।

बंगलादेश र फिलिपिन्स भ्रमणपछि आमिर नेपाल आउन लागेका हुन् ।

अमिरलाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।

विमानस्थलको अति विशिष्ट कक्षमा कतारी राजालाई २१ तोपको सलामी सहित सम्मान गरिनेछ ।

शीतलनिवासमा राष्ट्रपतिसँग भेटवार्ता पछि आजै थानीको सम्मानमा राजकीय भोजको पनि आयोजना गरिएको छ ।

थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्दैछन् ।

भेटमा दुई पक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर हुने भएको छ ।

कतारी राजाको औपचारिक भ्रमणको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

अमिर बुधबार स्वदेश फर्किनेछन् ।