दुई हेलिकोप्टर आकाशमै ठोक्किदाँ १० मलेसियन सैनिकको मृत्यु

दियो पोस्ट डेस्क  

काठमाडौं । दुईवटा नौसेनाको हेलिकोप्टर आकाशमै ठोक्किदाँ १० मलेसियन सैनिकको मृत्यु भएको छ । सैन्य परेडको लागि पुर्वाभ्यास गरिरहेका दुईवटा हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किदा १० मलेसियन सैनिकको मृत्यु भएको हो ।

स्थानिय समयअनुसार मंगलबार बिहान ९ः३० बजे लुमुत क्षेत्रमा उक्त दुर्घटना भएको हो । पुर्वाभ्यासमा रहेका सैनिकको मृत्यु भएको मलेसियन सैनिकले पुष्टि गरेको छ । दुर्घटनापछि शव पहिचानको लागि उनीहरुलाई सैन्य अस्पताल पुर्‍याइएको थियो ।

उक्त दुर्घटना कसरी भयो भन्नेबारे खुलेको छैन । दुर्घटनाको कारणबारे सेनाले थप अनुसन्धान अघि बढाउने जनाइएको छ । आकाशमै ठोक्किएका दुइवटा हेलिकोप्टरको भिडियो फुटेज यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।