‘नमेटिने घाउ’ मा अभिनय गर्दै नेकपा एमालेका अध्यक्ष ओली (तस्बिरहरु)

दियोपोस्ट संवाददाता  

काठमाडौं । एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण भैरहेको फिल्म नमेटिने घाउमा पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अभिनय गर्दैछन् ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाइएको हो ।

‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा छन् । साथै फिल्ममा पुर्व प्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाही को पनि अभिनय रहेको छ ।