राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा (तस्बिरहरु )

दियोपोस्ट संवाददाता  

काठमाडौं । राजधानी काठमाडौंका मूख्य सडकहरु अहिले ज्याकारान्डा फूलेर निलाम्य बनेका छन् ।

मध्य चैतदेखि वैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनक भरेको छ ।

दरवारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकारान्डाले राजधानी थप सुन्दर देखिएको छ।

धुलो, धुवाँ, जाम, अस्तव्यस्तता र कोलाहलको काठमाडौं सहरमा ज्याकारान्डा फूलले सुन्दरता थपिदिएको छ । बाटो छेउछाउमा फूलेका बैजनी रंगका सुन्दर फूलले यतिबेला काठमाडौं सहर मनमोहक भएको छ । वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ ।