इलाम र बझाङमा मतदान शुरू, सुहाङ र मिलनले गरे मतदान

दियोपोस्ट संवाददाता

इलाम-२ र बझाङ १ (१) मा उपनिर्वाचनअन्तर्गत मतदान शुरू भएको छ । रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको लागि दुई निर्वाचन क्षेत्रमा मतदान शुरू भएको हो ।

मतदाताले आयोगको अन्तिम मतदाता नामावली भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउनेछन् ।

मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।

इलाममा १ लाख १६ हजार आठ सय ८९ मतदाता रहेका छन् । ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेकाे अायाेगले जनाएकाे छ ।

इलाममा १९ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

यसैबीच इलाममा नेकपा एमालेका सुहाङ नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पनि मतदान गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस