पहिलो खेल जितेर उत्साही भएको नेपाल वेस्ट इण्डिजविरुद्ध आज पनि भिड्दै

दियोपोस्ट संवाददाता  

टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा उत्कृष्ट ४ विकेटको जीत दर्ता गरेको नेपालले वेस्ट इण्डिजको ए टोलीविरुद्ध आज पुनः दोस्रो खेल खेल्दैछ ।

शनिबार कप्तान रोहित पौडेलको शतकीय ११२ रनको मद्दतमा रवाफिलो जीत दर्ता गरेर उत्साही बनेको नेपाल ५ मध्येको दोस्रो खेलमा आज उत्रिन लागेको हो । दोस्रो खेल कीर्तिपुरस्थिति मैदानमा सवा १२ बजे हुनेछ ।

शनिबार २०५ रनको चुनौतीपूर्ण लक्ष्य दिए पनि नेपाल २ बल अगावै ४ विकेटको महत्वपूर्ण जीतसम्म पुग्न सफल भएको थियो ।

वेस्ट इण्डिज र नेपालले टी २० विश्वकपको तयारी स्वरुप यो खेल खेल्न लागेका हुन् ।