मनसुन प्रतिकार सम्बन्धि उद्धार अभ्यास डेमोस्ट्रेस्न ‘ मनसुन २ ‘ (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । किर्तिपुरको टौदहमा श्री सशस्त्र प्रहरी बल नेपाल न ९ पशुपतिनाथ बाहिनि मुख्यालयको आयोजनामा मनसुन प्रतिकार सम्बन्धि उद्धार अभ्यास‘ मनसुन २ ‘ डेमोस्ट्रेस्न प्रदशन भएको छ ।

विपद्को समयमा संयुक्त खोज तथा उद्धारमा खटिँदा कार्यदक्षता अभिवृद्धि भई व्यावहारिक ज्ञान हासिल गर्न सुरक्षाकर्मीले टौदहमा अभ्यास गरेका हुन् ।

भविष्यमा हुने विपद व्यसथापनको लागि यो अभ्यास निकै मह्त्त्व हुने कार्यक्रमका प्रमुख अथिति सशस्त्र प्रहरी अतिरित्त महानिरिक्षक वंशीराज दाहालले बताए । अभ्यासमा बाढिमा हुने सम्भावित जोखिम बाट बच्ने उपाय, पानीमा ढुबेकोलाइ उद्धार गर्ने लगायत अन्य जोखिम न्युनिकरणीका कार्यहरु देखाइएको थियो ।

सशस्त्र प्रहरीले बलले देशै भर विपद व्यस्थापन का घटनामा अग्रपङ्कतीमा काम गरिरहेको छ, आगलागीका घटना होस या बाढि पहिरो डुबानका घटनामा कुशलता पुर्वक उद्धारको काम गरिरहेको पशुपतिनाथ बाहिनिका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरिक्षक पुरोषत्तम थापाले बताए ।

 

सिफारिस