तराईमा वैशाख २० सम्मै तातो हावा चल्ने, तराईको तापक्रम ४० डिग्रीमाथी पुग्यो

दियोपोस्ट संवाददाता  

तराईका विभिन्न भुभागमा आगामी पाँच दिनसम्म तातो हावा चल्ने भएको छ । वैशाख १६ गतेदेखि २० गतेसम्म पुर्वदेखि पश्चिम तराईका विभिन्न भुभागमा तातो हावा चल्ने भएको हो ।

मधेश, लुम्बिनी प्रदेशसहित तराईका अधिकांश जिल्लामा तातो लहर चल्ने भएकोले सर्तकता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आइतबार सुचना जारी गरेको छ । पहाडी भुभाग र उपत्यकाका खोँचहरुमा समेत तापक्रम क्रमिक रुपमा बढ्ने सम्भावना रहेकोले पहाडी क्षेत्रमा पनि सर्तकता अपनाउन महाशाखाले सुचित गरेको छ ।

महाशाखाका अनुसार विगत केहि दिनदेखि देशका अधिकांश भुभागहरुको अधितम तथा न्युनतम तापक्रम क्रमिक रुपमा बृद्धि भइरहेको छ । तराईका केहि स्थानमा भने विगत केहि दिनदेखि अधिकतम तापक्रम ४० डिग्रि सेल्सियस वा सोभन्दा बढि मापन गरिएको र सो तापक्रम अझै बृद्धि हुनसक्ने महाशाखाले जनाएको छ ।