गोदावरीकाे जंगलमा डढेलो निभाउने क्रममा २ जना घाइते

दियोपोस्ट संवाददाता  

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका– बडिखेल जंगलमा डढेलो निभाउने क्रममा २ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका हुन् । घाइतेहरुलाई अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

ललितपुरको गोदावरी नगरपालिका-६ आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।