काठमाडौं । पत्रकारीताको आवरणमा ठगी गरेको आरोप लाग्दै आएका विवादित पात्र ऋषिराज धमलाले सरकारी निकायलाई समेत लाखौँ रकम नतिरेको पाइएको छ । समाज कल्याण परिषदको स्वामित्व रहेको राजधानीको भृकृटिमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत धमलाले लाखौँ रकम नतिरेको पाइएको हो । पटक पटक रकम तिर्न ताकेता गर्दा पनि धमला लगायतले अटेरी गरेपछि परिषदले आज गोरखा पत्रमा सुचना नै प्रकाशन गरेर भाडा तिर्न अल्टिमेटम दिएको छ ।
भृकुटीमण्डप क्षेत्र समाजकल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले हेर्छ ।
सोही विभागले बिहीबार गोर्खापत्र दैनिकबाट सार्वजनिक गरेको सूचनाअनुसार रिपोर्टर्स क्लबसहितका ५० संस्था/व्यवसायी र व्यक्तिहरूले भाडा बापतको रकम नदिएको खुलेको हो ।
५० संस्था÷व्यक्ति÷व्यवसायीहरूको सूचीको दसौं नम्बरमा छ रिपोर्टर्स क्लब । विवादित छविका पत्रकार ऋषिराज धमला क्लबका अध्यक्ष छन् ।
उनको क्लबले मात्रै ४६ लाख ५८ हजार ६४९ रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ । त्यो बक्यौता गत वर्षदेखिकै रहेको पनि सूचनामा उल्लेख छ ।
विभागले पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ।
यसपटक भने विभागले भाडा बापतको झन्डै आधा करोड रूपैयाँ बुझाउन क्लबलाई ३५ दिनको अल्टिमेटम दिएको छ ।
तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।
केहिदिन अघि धमलाले जापान पठाउँछु भन्दै आफ्नो ८ लाख रुपैयाँ ठगी गरेको आरोप उनकै गृहजिल्ला धादिङ निवासी एक युवाले दियोपोस्टको कार्यालयमै आएर बताएका थिए । त्यस्तै एक व्यक्तिलाई दिनुपर्ने रकम नदिएपछि बैंकिङ कसुरको जाहेरी पनि काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । अहिले उनीमाथि राज्यकै एउटा निकायलाई भाडा नतिरेको अर्को आरोप लागेको छ ।
क–कसले तिरेनन् भाडा—