वनको डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । पाल्पा जिल्लाको रिप्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको हो ।

बिहीबार बेलुकी ५ बजेतिर घर नजिकैको पालुङ् सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर आगोमा जली उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वनमा लागेको डढेलो निभाउने क्रममा सर्तुङ्गीमगर भिरबाट २० मिटर तल आगोमा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

सिफारिस