डिजिटल पत्रकारीताको यात्रामा रिटिबल : विराटचोकबाट विश्वसम्म

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । डिजिटल संचार माध्यमको दुनियाँमा एउटा अर्को सशक्त संचार माध्यम उदाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका बिराटचोकबाट शुभारम्भ भएको रिटिबल डटकम नवीन सोच र स्पष्ट दृष्टिकोणसहित उदाएको उसको दाबी छ । जनवरी २०२५ मा स्थापना गरिएको यो प्लेटफर्मले स्थानिय खबरबाट सिमाहिन संवादको पुल बन्ने ग्लोबल खबरदारी र विचार विमर्शमा योगदान गर्ने उद्देश्य राखेको छ ।

‘समयमै, यथार्थपरक र प्रभावकारी समाचारमार्फत सूचित समुदाय निर्माण गर्नु रिटिबल डटकम को मूल उद्देश्य हो,’ उसले आफ्नो सम्पादकीय निति सार्वजनिक गर्दै भनेको छ,‘ विविध संस्कृति र पुस्ताहरूलाई छोने समाचार र कथाहरू प्रस्तुत गर्दै, यसको दृष्टिकोण भनेको विश्वको सबैभन्दा भरपर्दो र नवप्रवर्तनशील समाचार तथा कथा प्लेटफर्म बन्ने हो । इमानदारी, नवीनता र समावेशीपन मा आधारित मूल्यहरूको साथ, दि रिटिबलले हरेक सामग्रीमा प्रामाणिकता र पारदर्शिता सुनिश्चित गर्दछ ।’

युकेश, आकाश, मिलन र गौरव—चार जना दूरदर्शी उद्यमीहरूद्वारा स्थापित दि रिटिबल, पत्रकारिता, प्रविधि र व्यवसायमा गहिरो अनुभव राख्ने टिमको सामूहिक दृष्टिकोणबाट जन्मिएको उसको दाबी छ । डिजिटल युगमा सत्यमा आधारित र प्रविधिद्वारा सञ्चालित समाचार आवश्यक रहेको विश्वासका साथ, उनीहरूले स्थानीयस्तरबाट सुरु गरेर यो प्लेटफर्मलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याएका हुन् ।
म्यानोबल कर्पको रणनीतिक सहकार्यमा, रिटिबल डटकम ले राजनीति, व्यापार, प्रविधि, विज्ञान, मनोरञ्जन लगायतका क्षेत्रमा विविध र सशक्त सामग्री प्रस्तुत गर्दै नेपालबाहिर पनि आफ्नो प्रभाव विस्तार गरिरहेको जनाएको छ ।

सहज भाषाशैली र बुझ्न मिल्ने शैलीमा लेखिएका समाचार, विषय वस्तुमा विविधता र विश्वसनीय पत्रकारीता नै आफ्नो विशेषता रहेको उनीहरुले जनाएका छन् ।
सन् २०२५ को उत्तरार्धदेखि, दि रिटिबलले भिडियो सामग्री, मल्टिमिडिया कथा र इन्टरएक्टिभ समाचार ढाँचाहरू सार्वजनिक गर्दै अझ सशक्त बन्दै जाने योजना बनाएको छ ।

रिटिबल डटकम को मूल कम्पनी म्यानोबल कर्प हो, जसको स्थापना जनवरी २०२५ मा बिराटचोक, मोरङमा गरिएको थियो। मिडिया, विज्ञापन, ब्रान्ड निर्माण र इन्टरनेट–आधारित समाधानहरू मा विशेषज्ञता राख्ने म्यानोबल, डिजिटल युगमा व्यवसाय र दर्शकहरूलाई सशक्त बनाउने कार्यमा प्रतिवद्ध रहेको दाबी गरेको छ ।