सरकारी वकिलको कार्यालयमा दुर्गा प्रसाईंसँग बयान लिइँदै

दियोपोस्ट संवाददाता  

काठमाडौं । तिनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय लगिएको छ ।

सरकारी वकिलको कार्यालयमा प्रसाईं र उनका बडिगार्डको बयान लइिँदैछ । प्रसाईंलाई आजै काठमाडौं जिल्ला अदालत पेस गर्ने तयारी रहेकाे छ ।

प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहिबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियाे।

सिफारिस