दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

दियोपोस्ट संवाददाता  

काठमाडौं । दुर्गा प्रसाईँ र उनका अंगरक्षक दिपक खड्कालाइ १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

तीनकुनेमा घटनापछि फरार बनेका उनीलाई बिहिबार नेपाल प्रहरीले पक्राउ गरेर शुक्रबार पक्राउको पुष्टि गरेको थियो ।

भारतको आसामबाट पक्राउ गरेर उनीलाई झापाको भ्रदपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको थियो । काठमाडौँ ल्याएर थप अनुसन्धान गर्न म्याद लिन पुगेको प्रहरीलाई जिल्ला अदालत काठमाडौँले १२ दिनको म्याद दिएको हो ।

त्यस्तै प्रसाईँका हकमा उनी बिरामी भएकाले उनलाई चिकित्सकको उपस्थितिमा उपचार गराउन समेत निर्देशन दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले बताए ।

यसअघि सोही प्रकरणमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, धवलशमसेर जबरा लगायतमाथि अदालतबाट ३ पटक म्याद थप भइसकेको छ ।