वीरगञ्ज झडप: सर्वदलीय बैठकले गर्‍यो यस्ता पाँच बुँदे निर्णय

दियोपोस्ट संवाददाता  

काठमाडाैं । वीरगञ्जमा शनिबार शोभायात्रालाई नगर परिक्रमा गराउने क्रममा दुई समूहबीच भएको झडपपछिको तनाव कम गर्न सर्वदलीय बैठकले विभिन्न सहमति गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभा कक्षमा आइतबार बिहानदेखि बसेको स्थानीय प्रशासन, राजनीतिक दलका स्थानीय नेता र धार्मिक अगुवाहरुको संयुक्त बैठकले पाँच बुँदे निर्णय गरेको हो ।

प्राप्त पाँच बुँदे निर्णय अनुसार, चैत ३० गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याइनेछ। घटनाबारे विस्तृत अनुसन्धान/ छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गरिने निर्णय भएको छ।

प्रशासनका पाँच निर्णय यसप्रकार छन्ः
निर्णय नं.१
यहि मिति २०८१(१२(३० गतेका दिन दिन वीरगंज महानगरपालिकामा हनुमान जयन्तिकाे शोभायात्राका क्रममा भएको घटनामा संलग्न दोषीहरु माथि विस्तृत छानविन रअनुसन्धान गरी कानूनी कारबाही गर्ने ।
निर्णय नं.२
अन्तरधार्मिक साम्प्रदायिक सद्‌भाव र सहिष्णुता कायम राख सबै पक्ष पूर्ण प्रतिवद्‌ध रही कानूनी कारवाहीको पकृयामा सहयोग पुन्याउने।
निर्णय नं.३
उक्त घटनामा घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने। घटनाबाट भएको तिको क्षतिपूर्तीका लागि प्रशासनाले पहल गर्ने।

निर्णय नं.४
धार्मिक, साँस्कृतिक सम्पदायले गर्ने कुनै पनि जारा, पर्व, कार्यक्रममा हातहतियारको प्रदर्शन जगनै, सी गरेमा कारवाहीको दायरामा ल्याउने।
निर्णय नं.५
पार्सा जिल्लामा संचालित सबै धार्मिक संस्था तथा तत् तत् संस्थाबाट संचालित विद्‌यालय मदरसा इत्यादीको सुक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारवाहीको दायरामा न्याउने।

शनिबार दिउँसो शोभायात्रामा निस्केको समूहमाथि वीरगञ्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो ।

झडपमा मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।झडप नियन्त्रण गर्न प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना प्रहरीसहित करिब ४० जना घाइते भएका थिए । शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि २४ घण्टा लामो कफ्र्यु लगाइएको थियो ।

सिफारिस