पाँच दिनदेखि हराइरहेको महिला खोलामा मृत भेटिइन्

दियोपोस्ट संवाददाता  

काठमाडौं । रोल्पाको वली खोलामा एक महिलाको शब फेला परेको छ । माडी गाउँपालिका– ६ चाप्लुङ कोला घैराकी ४३ बर्षीया सुस्मिता घर्ती मगर खोलाको बीचमा घोप्टे परेको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले चैत २९ गतेदेखि हराइरहेकी उनको शव माडी गाउँपालिका– ५ स्थित वली खोलाको बीचमा पानीमा घोप्टो परेको अवस्थामा मंगरबार दिउँसो भेटिएको जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट मगरले मदिरा सेवन गरेको र हिड्ने क्रममा सन्तुलन बिग्रन गई भिरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान छ । घटनाबारे थप अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

सिफारिस