कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना

दियोपोस्ट संवाददाता

काठमाडौँ । कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा रहेको कक्षा १२ को परीक्षा स्थगित भन्दै सूचना आएको छ।

११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ। तर उक्त सूचना बोर्डको नभएको बताइएको छ।

राष्ट्रिय परीक्षा बोर्डले उक्त सूचना बोर्डले ननिकालेको जानकारी दिएकाे छ।

राष्ट्रिय परीक्षा बोर्डले निकालेको आधिकारिक सूचना
भ्रामक सूचना