शिक्षक महासंघका प्रतिनिधि र प्रधानमन्त्रीबीच आज साँझ भेट हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षक महासंघका प्रतिनिधिबीच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीसँग आज साँझ भेट्ने समय दिएका हुन् ।

यो भेटवार्ता साँझ ७ बजे हुने तय भएको महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि महासंघले आफ्ना मागबारे छलफलमा जुटेको छ ।

शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् ।

सिफारिस