
काठमाडौं । नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । सभापति खड्कालाई आज सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति तोकेका हुन्।
सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारत गएपछि कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई तोकिएको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
सभापति शेरबहादुर देउवा विदेश गएकाले उनी नफर्कने बेलासम्मका लागि खड्कालाई कार्यबाहक सभापति तोकिएको उनले बताए ।