
काठमाडौं । दाङको तुलसीपुरमा एक व्यक्तिले गोली हानेर आफ्नो ज्यान लिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले आफ्नै घरमा रहेको लाइसेन्सप्राप्त बन्दुकले आफैंलाई गोली चलाएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको पाइएको बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।