
काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा सहभागी नहुने शिक्षकहरूलाई निर्देशन दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गरी यसबारे निर्देशन दिएका हुन्। नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई अपिल गरेको छ ।
‘काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक(कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अपील गर्दछौं।’ राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नरोक्ने निर्णय गरेपछि महासङ्घले विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिन विद्यार्थी, अभिभावक, वि.व्य.स., गाउँरनगरपालिका तथा सबै शैक्षिक सरोकार पक्षलाई अनुरोध गरेका छन् ।