काठमाडौँ । डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
धनगढीबाट बझाङतर्फ गइरहेको सुप प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिए । उनका अनुसार बझाङ बुङ्गल नगरपालिका-२ मलेना बस्ने ३२ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामीको मृत्यु भएको छ । एसपी शर्माकाअनुसार तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
कैलालीको धनगढीबाट बझाङतर्फ गइरहेको सु.प.प्र. ०१ ००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनीट्रक अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको थियो ।