‘शिक्षक महासंघ’ र ‘सरकार’बीच आज वार्ता हुँदै !

दियोपोस्ट संवाददाता

काठमाडौं । शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारले आन्दोलनरत शिक्षक महासंघलाइ आज दिउँसो ३ बजे वार्ताका लागि आाव्हान गरेको हो ।

सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएका थिए ।

आजै शिक्षा मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए । यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो ।

शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा छन् ।