
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा बोलेरो पल्टिादाँ एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी बस्ने ५२ वर्षीय लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको हो ।
भरतपुरतर्फ आउँदै रहेको ना ५ च २६४४ नम्बरको जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो । पल्टिएको उक्त बोलेरोले स्कुटरमा सवार महिलालाई किचेको थियो ।