‘स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था’को रकम अपचलन मुद्दामा कांग्रेस सांसद माया राई पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दामा उनी पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संसद राईलाई पक्राउ गरेको सूचना सभामुखलाई पठाएको छ । शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको थियो । सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दाराईमाथि चलाउन सिफारिस गरिएको थियो ।