राजधानी काठमाडौँमा ‘हावाहुरी’ सहित असिना-पानी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । संघीय राजधानी काठमाडौँमा हावाहुरीसहित असिना पानी परेको छ । भर्खरै काठमाडौं उपत्यकामा भारी वर्षा भएको हो ।

केही दिनयता चर्को घामका कारण राजधानीमा गर्मी बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म नेपालको पहाडी भू–भागमा मौसम बदली रहने छ ।

स्थानीय वायुका कारण राजधानीको मौसम बिग्रिएको महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावमा भएको प्रि– मनसुनको समयमा यस्तै हुने गर्छ ।

 

सिफारिस