जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज ‘एकता’ हुँदै !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ‘जनमत’ पार्टीका डा. सिके राउत र ‘नागरिक उन्मुक्ति’ पार्टीका रेशम चौधरी संरक्षक रहेको पार्टी बीच आज एकता घोषणा हुने भएको छ । दुई दलको यसअघिको सहमति अनुसार आज दिउँसो ११ बजे पार्टी एकता घोषणा गर्न लागिएको हो ।

दुबै पार्टीको एकताका लागि करिब दुई वर्षदेखि प्रयास भइरहेको थियो ।  यसअघि दुई पार्टीका बिचमा कार्यगत एकताका लागि मोर्चा समेत बनेको थियो । अन्ततः दुवै पार्टीको बीचमा एकता हुने निश्चित भएको हो । नयाँ बन्ने पार्टीको कार्यकारी अध्यक्षमा राउत रहनेछन् भने संरक्षकमा रेशम चौधरी र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने सहमति भएको छ ।

पार्टीको नाम नागरिक जनमत रहने बताईएको छ । केन्द्रीय सदस्यहरू आधा–आधा राख्ने सहमति भएको बताइएको छ ।

पार्टी एकता भएपछि सङ्घीय संसदमा नागरिक जनमत पार्टीको १० सिट हुनेछ । हाल जनमत पार्टीको ६ र नागरिक उन्मुक्ति पार्टीको ४ सिट रहेको छ ।