पार्टी एकता गर्न प्रज्ञा भवन पुगेका रेशम चौधरी कार्यक्रमस्थलबाटै पक्राउ !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा नेता रेशम चौधरी पक्राउ परेका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा गर्न कमलादीस्थित प्रज्ञा भवन पुगेका चौधरी कार्यक्रमस्थल परिसरबाट पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवनमा पुगेका थिए । प्रहरी वृत्त, मालिगाउँका डीएसपी सुनीलजंग शाहीले पक्राउ गर्ने टोलीबारे आफूलाई जानकारी नभएको, तर उनी त्यहाँबाट प्रहरीकै कुनै युनिटको नियन्त्रणमा रहेको सूचना पाएको बताए ।

चौधरी टिकापुर हत्याकाण्डको आरोपमा लामो समय हिरासतमा रहेका थिए । कैलाली जिल्लाको क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीलाई कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आममाफी पाएपछि डिल्लीबजार कारागारमा रहेका चौधरी गत २०८० जेठ २ गते काराबास मुक्त भएक थिए । तर, जन्मकैद आममाफी गर्ने सरकारी निर्णयप्रति सर्वोच्चले आपत्ति जनाएको छ।

सिफारिस