काठमाडौं, चैत १८ । बानेश्वरमा स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्कर्टिङको गाडीलाई ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।
चन्दको स्कर्टिङका क्रममा बा ४५ प २९३४ नम्बरको स्कुटरलाई ठक्कर दिने बा १ झ ९५ २७ नम्बरको सशस्त्र प्रहरी बलको गाडीलाई सोमबार महाशाखाले कारबाहीस्वरूप पाँच सय रुपैयाँ जरिवाना गरेको हो । चालक सन्तोष घिमिरेलाई महाशाखामै बोलाएर ५ सय रुपैयाँको चिट काटिएको महाशाखाले जनाएको छ ।
पूर्व प्रधनमन्त्रीको स्कर्टिङमा खटिएको गाडीले स्कुटीलाई ठक्कर दिदा पनि कुनै कारबाही नगरेको भन्दै व्यापक आलोचना भएपछि महाशाखाले आज ५ सय रुपैयाँ जरिवाना तिराएर कारबाही गरेको हो । महाशाखाले ५ सय रुपैयाँ मात्रै जरिवाना लगाएको भन्दै सामाजिक संजालमा व्यापक आलोचना हुन थालेको छ ।
यो पनी पढ्नुहोस्
यस्तो छ महाशाखाले चालकलाई थमाएको चिट