दूतावासले शरण फिर्ता लिएपछि जुलियन असान्ज पक्राउ

दियो पोस्ट  

काठमाडौँ, चैत २८ । विकिलिक्सका संस्थापक सम्पादक जुलियन असान्जलाई बेलायतको प्रहरीले पक्राउ गरेको छ ।

६ वर्षयता शरण दिँदैआएको इक्वेडर सरकारले अवधि नथपिदिएपछि बेलायत प्रहरीले पक्राउ गरेको हो ।

सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको राजदूतावासमा आत्मरक्षाका लागि बस्दैआएका असान्जलाई दूतावासका अधिकारीले बाहिर ल्याएपछि लण्डन प्रहरीले हिरासतमा लगेको छ । असान्जले फेरि मुद्दा लड्न भने सक्ने छन् ।अमेरिकी सरकारले लुकाइराखेका लाखौं सूचना विकिलिक्स मार्फत सार्वजनिक गरेपछि जुलियन असान्जलाई अमेरिकी सरकारले निगरानी बढाएको हो । लगत्तै स्वेडेनमा उनीमाथि यौन दुव्र्यवहारको मुद्दा दायर भएको थियो ।