काठमाडौं, चैत ३० । १९ वर्षमुनीको विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपाल १ रनले पराजित भएको छ । शनिवार मलेशियाको किनरारा मैदानमा भएको खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको हो ।
पहिलो खेल खेलिरहेका हरि चौहान र भीम सार्कीको पचास अर्धशतकको मद्दतले नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनायो । यूएईले भने ३० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकेपछि डिएलएस मेथडको आधारमा यूएई विजयी भयो ।
छ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगिताका स्थान पाउनेछ । नेपालले अर्को खेल सोमवार आयोजक मलेशियासँग प्रतिष्पर्धा गर्नेछ ।