नेप्से साढे ४ प्रतिशतले बृद्धि, ३० करोड ४५ लाखको कारोबार

दियो पोस्ट  

काठमाडौं, वैशाख २ । हप्ताको कारोबार हुने पहिलो दिन आज सोमबार नेप्से परिसुचक आज ४ दशमलव ७ अंकले बढेको छ । हिजो आईतबार सार्वजनिक विदा भएकोले कारोबार भएन । केही समूहको उप–सुचक घटेपनि समग्र नेप्से परिसुचक साढे ४ अंक भन्दा धेरैले बढेर ११ सय ८८ दशमलव ७१ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ ईन्डेक्स पनि आज १ दशमलव १३ अंकले बढेको छ ।

आज दिनभर १ सय ६५ कम्पनीले गरेको कारोबारमा ३० करोड ४५ लाख रुपैयाँ बराबरका ९ लाख ६४ हजार कित्ता शेयर किनबेच भएका छन् । निको ईन्स्योरेन्स कम्पनी लिमिटेडले आज सबैभन्दा धेरै २ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । बजार बढेसँगै एभरेष्ट ईन्स्योरेन्स कम्पनीका लगानीकर्ताले साढे ७ प्रतिशत कमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ६ दशमलव ८९ प्रतिशत गुमाएका छन् ।