शेयरबजारमा लगातार सुधार, मंगलबार २३.३३ अंकले बढ्यो

दियो पोस्ट  

काठमाडौं, वैशाख ३ । यो हप्ताको शेयर कारोबार लगातार बढेको छ । सोमबार साढे ४ अंकले बढेको नेप्से परिसुचक मंगलबार २३ दशमलव ३३ अंकले बढेको नेपाल स्टक स्टक एक्सचेन्ज लिमिटेडले जनाएकोछ । परिसुचक बढेर १२ सय १२ दशमलव ०५ बिन्दुमा पुगेको छ ।

क वर्गका कम्पनी मापक सेन्सेटिभ ईन्डेक्स पनि ५ दशमलव ४८ अंकले बढेको छ ।


कारोबार रकम पनि झण्डै ३० करोड रुपैयाँले बढेको छ । १ सय ७० कम्पनीले गरेको कारोबारमा ७४ करोड २७ लाख १८ हजार रुपैयाँ बराबरका २४ लाख ११ हजार कित्ता शेयर किनबेच भएका छन् ।


आज एनएमबी बैंक लिमिटेडले सबैभन्दा धेरै ६ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । बजार बढेसँगै श्री ईन्भेष्टमेन्ट फाईनान्स कम्पनी लिमिटेड र सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ता साढे ६ प्रतिशत भन्दा धेरै कमाएका छन् ।


युनिभर्सल पावर कम्पनी लिमिटेडका शेयर लगनीकर्ताले भने ३ दशमलव २ प्रतिशत गुमाएका छन् ।