म्यानचेष्टरलाई ३-० ले पराजित गर्दै वार्सिलोना सेमिफाईनलमा, यस्तो छ अबको खेल तालिका

दियो पोस्ट  

स्पेनिस क्लब बार्सिलोना म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै बार्सिलोना प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्साले म्यान युनाईटेडलाई ३–० गोल अन्तरले हरायो ।बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा फिलिप काउटिन्हाले एक गोल गरे ।

पहिलो लेगको खेलमा बार्सिलोना १–० ले अघि थियो ।

Barcelona’s fans

बार्सा समग्रमा ४–० को नतिजा सहित अन्तिम ४ मा प्रवेश गरेको हो ।

घरेलु मैदानमा मेस्सीले १६ औ मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाए । २० औ मिनेटमा उनले बार्साको अग्रता दोब्बर पारे । काउटिन्होले ६१ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेको थिए ।

बार्सिलोनाले फाईनल प्रवेशका लागि लिभरपुल र पोर्टोबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी ।

खेल तालिका :-