पक्राउ गर्न प्रहरी पुगेपछि पूर्वराष्ट्रपतिद्वारा आत्महत्या

दियो पोस्ट  

लिमा,वैशाख ५ । पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन्। 

आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्। उनीमाथि लगाइएको भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न लाग्दा आत्महत्या गरेको उनका वकिल र अस्पतालका अधिकारीले जनाएका छन्। 

घटनालगत्तै ६९ वर्षीय गार्सियालाई लिमास्थित कासिमिरो उल्लोआ आपत्कालीन अस्पतालमा लगिएको थियो। पोस्टमार्टम गर्दा उनको टाउकामा ठूलो घाउ देखिएको चिकित्सकले जानकारी दिएका छन्। 

गार्सियाका वकिल इरास्मो रेयनाले अस्पताल परिसरमा पत्रकारसँग भने, ‘बिहान एउटा नराम्रो घटना भयो, राष्ट्रपतिले आफँैले आफँैलाई गोली प्रहार गर्ने अनौठो र अति अप्रिय निर्णय लिनुभयो।’ एएफपी  

उनको निवासमा के भयो?

घुस लिएको आरोपको सम्बन्धमा उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरूलाई पठाइएको थियो।

पेरुका आन्तरिक मामिलामन्त्री कार्लोस मोरानले पत्रकारहरूलाई बताए अनुसार उनको निवासमा प्रहरी पुग्दा फोन गर्न भन्दै एउटा कोठामा गएर उनले ढोका बन्द गरेका थिए।

समर्थक

त्यसको केही मिनेटमा गोली चलेको आवाज आयो। प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा बसिरहेका थिए।

त्यसपछि लिमास्थित एउटा अस्पताल पुर्‍याइयो जहाँ उनको शल्यक्रिया भयो, तर उनी बाँच्न सकेनन्।

वर्तमान राष्ट्रपति भिस्काराले एउटा ट्वीट गर्दै पूर्वराष्ट्रपतिको निधनको खबरले आफू “स्तब्ध” भएको बताएका छन् र उनका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

के आरोप लागेको थियो?

आफ्नो दोस्रो कार्यकालमा राजधानीमा मेट्रोलाइन परियोजनासँग सम्बन्धित ओडुब्रेस्ट कम्पनीबाट उनले घुस लिएको अनुसन्धानकर्ताहरू बताउँछन्।

ओडुब्रेस्टले सन् २००४ यता पेरुमा ३ करोड डलर उनलाई घुस दिएको स्वीकारेको छ।

तर गार्सियाले आफू राजनीतिक पूर्वाग्रहको शिकार भएको बताउँदै आएका थिए। मङ्गलवार एउटा ट्वीट गर्दै उनले आफूविरुद्ध “कुनै प्रमाण नरहेको” बताएका थिए।

गत वर्षको नोभेम्बरमा उरुग्वेमा राजनीतिक शरणका लागि उनले असफल प्रयास गरेका थिए।

Presentational grey line

एलेन गार्सियाः ‘ल्याटिन अमेरिकाका केनेडी’

File image of former Peru president Alan García
  • लिमामा सन् १९४९ को मे २३ मा जन्म
  • कानुन र समाजशास्त्रको अध्ययन
  • एप्रिस्टा पार्टी अफ पेरुमा निर्वाचित
  • सन् १९८५ मा पेरुका कान्छो राष्ट्रपतिका रूपमा ३६ वर्षको उमेरमा निर्वाचित
  • कुशल वक्ता, कतिपयले उनलाई ‘ल्याटिन अमेरिकाका केनेडी’ भन्थे
  • सन् १९८५ देखि १९९० र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हाले
  • ओडुब्रेस्ट कम्पनीसँग सम्बन्धित भ्रष्टाचारबारे अनुसन्धानमा परेका

स्रोतः बीबीसी मोनिटरिङ